१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कञ्चनपुर–३ मा पूर्वमन्त्री लेखक अगाडि



कञ्चनपुर । कञ्चनपुरमा पूर्वमन्त्री एवं सत्ता गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुआती अग्रता कायम गरेका हुन् ।

सत्ता गठबन्धनका उम्मेदवार लेखकले एक हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गरेकी छन् । प्रतिनिधीसभामा दर्जन उम्मेदवार भए पनि यहाँ सत्ता गठबन्धनका उम्मेदवार लेखक र एमाले नेत्री पालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा भीमदत्तनगरपालिका–१, २ र ३ नं वडाबाट एकसाथ गणना भइरहेको छ । ९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नं ३ मा ५७ हजार नौ सय ५५ खसेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ । निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा १ को समेत गणना दोधारा चादँनी नगरपालिकाबाट सुरु भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार डा दीपक प्रकाश भट्टले झिनो अन्तरले नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ५२ बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व