११ चैत्र २०८२, बुधबार | March 25, 2026

साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बाेहराकाे अग्रता



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ ।

१४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।

उनकाे निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले  चार हजार नाै सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेकाे क्षेत्र कांग्रेसकाे पकड मानिएकाे मायादेवी ७ र ८, तिलाेत्तमा १४, ओमसतिया २ मा पनि बाेहराले अग्रता कायम गरेका छन् ।

यसैगरि सियारी १ काे पनि मतगणना सकिएकाे छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकाेमा खाणकाे पक्षमा १९४१ र हलाेलाई १४३६ मत प्राप्त भएकाे थियाे ।

यता तिलत्ताेमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलाेमा १९३४ मत आएकाे छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलाेमा २२८६ मत प्राप्त भएकाे छ ।

यसरी अहिले दिउँसाे ४ बजे सम्मकाे मतगणना सकिँदा बाेहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । याेबीचमा एक हजार १४ मत बदर भएकाे छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री  बाेहरालाई एमाले  र जसपाकाे समर्थन रहेकाे छ । यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमाेलगायतले समर्थन गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ३९ बजे

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका