३ पुस २०८२, बिहिबार | December 19, 2025

समानुपातिकतर्फ दुई वटा पार्टीले कटाए दुई लाख मत, माओवादी र स्वतन्त्र पार्टीको पनि कट्यो एक लाख



काठमाडौं । प्रतिनिधिसभातर्फको १६५ सिटमध्ये १३५ सिटमा मतगणना भइरहेको छ । बाँकी ३० सिटमा विभिन्न प्राविधिक समस्या र कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन ।

हालसम्म मतगणना भएका क्षेत्रमध्ये कांग्रेसले सर्वाधिक १३ सिटमा विजयी हासिल गरिसकेको छ भने दोस्रो स्थानमा रहेको एमालेले चार सिट जितेको छ । यस्तै, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सिट, माओवादीले एक सिट, राप्रपाले एक सिट, एकीकृत समाजवादीले एक सिट र नागरिक उन्मुक्ती पार्टीले एक सिटमा जित हासिल गरेका छन् ।

प्रत्यक्षसँगसँगै समानुपातिकतर्फको ११० सिटका लागि आएको मत पनि गणना भइरहेको छ । समानुपातिकतर्फ सर्वाधिक मत एमालेले पाइरहेको छ । हालसम्म एमालेले दुई लाख ४१ हजार नौ सय ९९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले दुई लाख १९ हजार चार सय ४९ मत पाएको छ ।

यस्तै, अन्य दलहरू क्रमशः माओवादीले एक लाख चार सय ५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख १२ हजार ६१ मत, राप्रपाले ५७ हजार सात सय ६४ मत, जसपाले १७ हजार सात सय ५८ मत, एकीकृत समाजवादीले १३ हजार तीन सय मत र नागरिक उन्मुक्ती पार्टीले ११ हजार तीन सय २१ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ०९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको