१० चैत्र २०८२, मंगलबार | March 25, 2026

रुपन्देही –३ मा गृहमन्त्री खाणको अग्रता कायमै



बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राखेका छन् ।

जम्मा ३७ हजार ६ सय ८ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाणले १५ हजार ८७ मत प्राप्त गरेका छन् भने एमाले सहितको गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले १४ हजार दुई सय १६ मतका साथ पछ्याइरहेको सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए ।

प्रदेशसभातर्फ ३ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे १२ हजार ७ सय ६७ मतका साथ अग्रता लिएका छन् भने जनता समाजवादी पार्टीका महेन्द्र यादवले नौ हजार तीन सय ३१मत प्राप्त गरेका छन् । यो क्षेत्रमा अहिलेसम्म दुई हजार तीन सय ७६ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : २७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण