११ बैशाख २०८१, मंगलबार | April 23, 2024

चार महिनामा १११६ किलो सुन आयात, ७ अर्ब ९५ करोड रकम बाहिरियो



काठमाडौं । चालु आर्थि वर्ष २०७८र७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ ।

सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यो गत आर्थिक वर्षको भन्दा आधाले कम हो ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा २१७७ किलो सुन आयात भएको थियो । यसका लागि १४ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

सुनको सबैभन्दा बढी खपत हुने समय विवाहको लगन भएको महिना र दसैं तिहारमा हो । नेपाल राष्ट्र बैंकले १० किलो मात्रै आयात गर्न पाउने कोटा तोकिदिए पछि सुनको आयात घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार बजारमा सिजनको समयमा दैनिक ५० किलो सुनको माग छ । तर सरकारले आयातमा कडाइ गर्दा सुन आयात घटिरहेको छ । गत आर्थिक वर्षमा सिजनको समयमा सरकारले २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।

गत साउनमा १ अर्ब ४८ करोड रुपैयाँको सुन भित्रिएको थियो । भदौमा दुई अर्ब १६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । त्यसपछि असोजमा दुई अर्ब १४ करोड र कात्तिकमा दुई अर्ब १५ करोड रुपैयाँ बराबरका सुन भित्रिएका छन् । मंसिर महिना बिहेको सिजन भएकाले यस महिनामा माग अत्यधि बढ्ने गरेको छ । त्यसैले यो महिनामा आयात बढ्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : ०१ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम