३ पुस २०८२, बिहिबार | December 18, 2025

यी चार चर्चित अनुहार जसको जमानत जफत भयो



काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेको राजनीतिक विश्लेषकहरूको तर्क छ ।

यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर्चित उम्मेदवारको त जमानत समेत जफत भएको छ ।

जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि पूर्वराज्यमन्त्रीसम्म छन् । नेपाल सरकारका मन्त्री भइसकेका जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले पनि जमानत जोगाउन सकेनन् । काठमाडौं ७ बाट उम्मेदवार रहेका श्रेष्ठले कूल सदर मतको ६।८ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल ३६ हजार ६१ मत सदर भएको थियो ।

यस्तै, सोही क्षेत्रमा उम्मेदवार रहेका तथा यसअघि संघीय सरकारको राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको समेत जमानत जफत भएको छ । उनले कूल सदर मतको ३।४ प्रतिशत मत प्राप्त गरेका छन्  ।

जमानत जफत हुनेमा यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य र  हाल काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शना छन् । प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दर्शनाले खसेको कुल सदर मतको जम्मा १।४ प्रतिशत मात्रै मत पाएकी छिन् । काठमाडौं ५ मा सदर मत ४४ हजार २४९ छ ।

रन्जुले जम्मा ६ सय मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो । ०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाले उक्त निर्वाचनमा २३ हजार चार सय  ३९ मत ल्याएकी थिइन् ।

विवेकशील साझाकै पूर्व संयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ बाट स्वतन्त्र उम्मेदवार रहेका पाण्डेले कूल २३ सय २७ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रको कूल सदर मत ४२ हजार पाँच सय १७ मतमा पाण्डेले २३ सय २७ मत प्राप्त गरेका छन् । यो कूल सदर मतको ५।५ प्रतिशत मत मात्रै हो । पाण्डेले ०७४ सालको निर्वाचनमा भने चार हजार नौ सय ४६ मत प्राप्त गरेका थिए ।

यद्यपि, यस पटक भने उनको जमानत समेत जफत भएको छ । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ५ : ३० बजे

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले