७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भ्रष्टाचार मुद्धामा कैद र जरिवाना तोकिएका शेरबहादुर फैसला भएको १३ बर्ष पछि पक्राउ



बुटवल । विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गरि कैद र जरिवाना तोकेपछि फरार भएका एकजना दोषी १३ वर्षपछि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन अनुसन्धान अधिकृत बद्रि श्रेष्ठको जाहेरीले विशेष अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै सजाय तोके लगत्तै फरार भएका रेडियो नेपाल प्रशारण सेवा विकाश समिति क्षेत्रिय प्रसारण केन्द्र पोखराका तत्कालिन लेखापाल शेर बहादुर केसी १३ वर्ष पछि पक्राउ परेका हुन् ।

जिल्ला बाग्लुङ कुश्मीसेरा-०९ घर भई रुपन्देही साविक रुद्रपुर-०८ हालको कञ्चन गाँउपालिका वडा नं ३ बस्दै आएका ५१ वर्षिय केसीलाई सालझण्डी प्रहरीले रुद्रपुरबाट पक्राउ गरेको सालझण्डी प्रहरीले जनाएको छ ।

बिशेष अदालतको २०६६ सालको फैसलामा पक्राउ परेका शेरबहादुर केसीले लेखापालको रुपमा वहाल रहँदा रेडियो प्रशारण विभागमा कार्यरत कर्मचारीहरुको तलब समेत आफूले निकाली अपचलन गरेको हुनाले उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै १ वर्ष ६ महिना कैद र रू. ५ लाख ८० हजार ८८१ बिगो बमोजिम जरिवाना सजाँय तोकिएकोमा विगत १३ वर्षदेखी फरार केसीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका केसीलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराईएकोमा कैद भुक्तानका लागी अदालतको आदेशअनुसार कारागार चलान भएको प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : १८ बजे

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ