२ पुस २०८२, बुधबार | December 18, 2025

प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र



गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रचण्ड बिहीबार फराकिलो मतान्तरले गोरखा २ बाट विजयी भएका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिएका थिए । तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहे ।

गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझेका छन् ।

प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । तर नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित भएनन् ।

गोरखा २ बाट प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला बाबुराम पनि सँगै गएका थिए । त्यसबेला प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ सँगै थिए । तर, यसपटक प्रचण्ड र श्रेष्ठ मात्रै पुगे । बाबुराम गएनन् । आफ्नी छोरी मानुषी प्रतिनिधिसभा सदस्यमा निर्वाचित नभएकाले पनि उनी नगएको बुझिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : २७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल