२ पुस २०८२, बुधबार | December 18, 2025

रुपन्देही २ को अवरुद्ध मतगणना सुचारू गर्न निर्वाचन आयोगको निर्देशन (पत्रसहित)



बुटवल । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीलाई निर्देशन दिएको छ ।

मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेको थियो ।

निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले भनेको छ- ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्नू ।’

गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ ।

मतगणना रोक्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : ३० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल