३१ श्रावण २०८३, आइतबार | August 16, 2026

रुपन्देही २ को अवरुद्ध मतगणना सुचारू गर्न निर्वाचन आयोगको निर्देशन (पत्रसहित)



बुटवल । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीलाई निर्देशन दिएको छ ।

मुचुल्कामा भएको भन्दा बढी मत मतपेटिकामा भेटिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही २ को मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेको थियो ।

निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले भनेको छ- ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्नू ।’

गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ ।

मतगणना रोक्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : ३० बजे

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज