२३ बैशाख २०८१, आइतबार | May 6, 2024

को बन्ला प्रधानमन्त्री ? सजिलो छैन अंकगणित



काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय २४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । हालसम्मको मतपरिणामअनुसार कुनै पनि दल बहुमत प्राप्त गर्नबाट वञ्चित भएका छन् । सत्ता र विपक्षी दुवै गठबन्धनले उस्तै उस्तै संख्यामा जित हासिल गरेका छन् । त्यसैले अब त्रिशंकु संसद् बन्ने निश्चित छ ।

अहिलेसम्म नेपाली कांग्रेसले ४३ मा जित र १० मा अग्रता हासिल गरेको छ । एमालेले ३३ जित र १३ मा अग्रता हासिल गरेको छ । माओवादीले १२ मा जित, ६ मा अग्रता हासिल गरेको छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात जित र एकमा अग्रता हासिल गरेको छ । राप्रपाले पाँचमा जित, दुईमा अग्रता हासिल गरेको छ । जसपाले तीन जित र तीनमा अग्रता, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समान तीन–तीन सिट जित हात पारेको छ । अहिलेसम्म स्वतन्त्र उम्मेदवार पाँचजनाले चुनाव जितेका छन् ।

यस आधारमा कुनै एक दल एक्लैले सरकार बनाउने परिस्थिति देखिन्न । प्रत्यक्ष निर्वाचनको परिणामले मात्र सरकार बन्न नसक्ने भएपछि समानुपातिक मतपरिणाम चाहिन्छ नै । त्यही भएर अब २२ मंसिरसम्म दलहरूबीच कस्तो सरकार बनाउने भन्ने रस्साकस्सी सुरु हुने देखिन्छ ।

सत्तागठबन्धनले सोचेजस्तो नतिजा हात नपारेकाले शीर्ष नेताहरू असन्तुष्ट बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नतिजाप्रति खुसी छैनन् । उनीहरू नेपाली कांग्रेससँग निकै रुष्ट बनेका छन् । तथापि सत्तागठबन्धनको बैठक राखेर छलफल हुने प्रचण्ड र नेपालले बताइसकेका छन् ।

सबैभन्दा पहिलो विकल्प अहिलेका लागि सत्तागठबन्धनलाई नै निरन्तरता दिनु हो । त्यसका लागि ठूलो दलको हैसियतमा कांग्रेस नेतृत्वमा सरकार बन्ने छ । तर त्यसका लागि प्रधानमन्त्री को बन्ने भन्ने यकिन हुन सकेको छैन । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नै निरन्तरता दिने कि विकल्प खोज्ने भन्नेमा छलफल हुन बाँकी छ । यदि प्रचण्ड, माधव नेपालले माने भने देउवा प्रधानमन्त्री बन्छन् नत्रभने गठबन्धन टुट्छ ।

एमाले अध्यक्ष केपी ओलीले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बनाउने घोषणा नै गरिसकेका छन् । निर्वाचनको मतपरिणामले एमाले गठबन्धनलाई पनि सरकार बनाउन निकै कठिन छ । किनकि एक सय ३८ सिट नै पुग्दैन । त्यसैले ओली प्रधानमन्त्री बन्न सबैभन्दा पहिले अहिलेको सत्तागठबन्धन तोडिनुपर्ने हुन्छ । यदि गठबन्धन टुटेमा एमाले, माओवादी र एकीकृत समाजवादी सहितको संयुक्त सरकार बन्नुपर्नेछ ।

तर, एमाले अध्यक्ष ओलीले कस्तो रणनीति अपनाउँछन् भन्ने कुराले नै धेरै कुरा निर्भर गर्छ । अहिलेको गठबन्धन टुटाउन उनले प्रचण्डलाई प्रधानमन्त्रीमा अफर गर्नसमेत सक्नेछन् । त्यसो भएमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना सकिनेछ । विगतको दुई तिहाइ सरकार चलाउन नसकेका ओलीले अब फेरि संयुक्त सरकार चलाउलान् वा प्रतिपक्षमै बस्लान् भन्नेमा भने धेरैको चासो छ । ओलीले बिहीबार झापा पुगेर चुनावको नतिजाप्रति असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले जनताले विवेक नपुर्याएको बताइसकेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ५३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa