४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही-२ मा सहमति जुटेन, बिहान ५ बजेदेखि रोकिएको मतगणना अझै सुचारु हुन सकेन (फोटोफिचर)



बुटवल । बिहान ५ः३० बजे देखि विवादका कारण रोकिएको रुपन्देही २ को मतगणना अझै शुरु हुन सकेको छैन । मतपेटिका बन्द गर्दा बनाइएको मुचुल्का र कम्प्युटरमा इन्ट्रि गर्दा मतपत्रको संख्या फरक परेपछि रोकिएको मतगणना यो समाचार तयार पार्दा सम्म शुरु हुन सकेको छैन ।

एमाले उपाध्यक्ष विष्णु पौडेललाई मतगणनामा पछ्याइरहेका रास्वपाका उम्मेदवार गणेश पौडेलका मतगणना प्रतिसनधि सहित सत्ता गठबन्धन र अन्य दलका प्रतिनिधिहरुले मतगणना स्थगित गर्न र पुनः मतदान गर्न माग गर्दै विरोध प्रदर्शनमा उत्रिएपछि मतगणनास्थलमा सुरक्षा तैनाथी बढाइएको छ ।

मतगणनास्थल बुटवल उपमहानगरपालिका भवन बाहिर रास्वपाका समर्थकहरुले नाराबाजी गरिरहेका छन् । यस अघि सत्ता गठबन्धनमा आवद्ध दल र रास्वपा र अन्य साना दलहरुले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै विवादमा परेको बुथमा पुनः मतदानको माग गरेका थिए ।

आयोगले भने रिट पु¥र्याएर मतगणना शुचारु गर्न निर्वाचन अधिकृत कार्यालयलाई निर्देशन दिइसकेको छ । निर्वाचन कार्यालयले ४ः३० बजे भित्र सर्वदलीय बैठमा सहभागी हुन दलहरुको नाममा सूचना जारी गरेको छ । नियमानुसार रिट पुरा गरि मतगणना शुरु गरिने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । निर्वाचन कार्यालयले भुलबस कम्प्युटरमा फरक तथ्याँक प्रविष्ट भएपनि मुचुल्का बमोजिम नै महिला पुरुष मतदाता भिडेको भन्दै सहमतिमा आउन दलहरुलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ४ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको