७ आश्विन २०८३, बुधबार | September 23, 2026

सफल भयो रेशमले जेलबाटै बनाएको त्यो ‘मास्टरप्लान’



काठमाडौं । यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए ।

पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् ।

रविको पार्टीले ६ महिनामै प्रत्यक्षतर्फ सातवटा सिट मात्र जितेको छैन, समानुपातिकमा १५ सिट ल्याउने देखिएको छ । त्यस्तै, रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ । सीके राउतको जनमतले संघमा सप्तरी २ मा मात्रै जिते पनि सो पार्टीबाट हालसम्म तीनजना प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् ।

यहाँ चर्चा गर्न खोजिएको रेशम चौधरीको विषयमा हो । उनी हाल डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका छन् । २०७२ मा कैलालीको टीकापुर हत्याकाण्डको मुख्य अभियुक्तका रूपमा चौधरीलाई दोषी ठहर गरी सर्वोच्च अदालतले आजीवन कारावास सजाय सुनाएको हो । टीकापुर हत्याकाण्डमा एक बालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए ।

अघिल्लो निर्वाचनमा उनी हिरासतमै रहेका बेला वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएर कैलाली १ बाट विजयी भएका थिए । तर, उनी एक दिन पनि प्रतिनिधिसभामा प्रवेश गर्न पाएनन् । हिरासतमै रहेका बेला उनलाई सिंहदरबारमा बोलाएर सांसदको सपथ खुवाइयो । त्यसपछि उनी कारागारमै छन् ।

आफू कारागारमै रहेका बेला उनले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गर्न लगाए । सो पार्टीले गत स्थानीय तहको निर्वाचनका बेला कैलालीमा चारवटा स्थानीय तह जितेर ठूलो बनेको थियो । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा त नागरिक उन्मुक्तिले उल्लेख्य सफलता हासिल गरेको छ । कारागारमै बसेर रेशम चौधरीले चुनावको मास्टर प्लान बनाएका थिए । सोहीअनुसार उनको पार्टीले सफलता पनि पाएको छ ।

सो पार्टीले कैलाली १, २ र ३ मा प्रतिनिधिसभा सदस्य तथा चारजना प्रदेशसभा र बर्दियामा रेशम चौधरीका बाबु लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिन लगाएर जिताएका छन् । बर्दिया, कैलाली र कञ्चनपुर थारु बाहुल क्षेत्र हो । यो निर्वाचनले उन्मुक्ति पार्टीलाई स्थापित गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११