२ माघ २०८२, शुक्रबार | January 16, 2026

हस्तकला व्यापार मेला मङ्सिर २३ देखि



काठमाडौं । नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ ।

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको हो ।

अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिए । मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ । नेपाली हस्तकलाको प्रवद्र्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो ।

उक्त मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मुर्तिकलामा मुखाकृति भएको गरुड अर्थात् बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुसम्बन्धी प्रतियोगितासमेत गरिने जनाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ११ बजे

१६५ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

आज पनि सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आधिकारिकता दाबी गर्न दलबलसहित देउवापक्षीय नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरु निर्वाचन आयोगमा पुगेका

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको

विमलेन्द्र निधिको नेतृत्वमा देउवापक्षीय नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरु निर्वाचन आयोगमा पुगेका