१५ असार २०८३, सोमबार | June 29, 2026

आधिकारिकता दाबी गर्न दलबलसहित देउवापक्षीय नेताहरु निर्वाचन आयोगमा



काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

विशेष महाधिवेशन गरेर आफु निर्वाचित भएको कार्यमितिलाई मान्यता दिन गगन थापा पुगेको भोलिपल्टै देउवा समूहका नेताहरु पनि आफुहरु नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आयोग पुगेका हुन् ।

कार्यबहाक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु र जिल्ला सभापतिहरुसहित ठूलो संख्यामा कांग्रेसी नेता कार्यकर्ताहरु आयोग परिसरमा पुगेका छन् ।

आयोगका पदाधिकारीहरुसँग भेट्न भने नेताहरुसहित केन्द्रीय सदस्यहरुलाई मात्र कार्यालयभित्र प्रवेश दिइएको छ । स्थान अभावका कारण अन्य नेता कार्यकर्ताहरुलाई बाहिरै बस्न प्रहरीले माइकिङ गरेर अनुरोध गरेको छ ।

नेताहरुले आयोगका पदाधिकारीहरुलाई १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै निर्वाचन ऐन र पार्टी विधान अनुसार वैधानिक भएको दाबी गर्ने तयारीमा छन् । उनीहरुले गगन पक्षले गरेको विशेष महाधिवेशन अवैधानिक भएको दाबी पेश गर्नेछन् ।
आयोग कार्यालयबाहिर ठूलो संख्यामा कांग्रेसी नेता कार्यकर्ताहरु उपस्थित छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १० : ४६ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि