४ पुस २०८२, शुक्रबार | December 20, 2025

महोत्तरी-१ को मतगणनामा जनमत पार्टीको अवरोध, मतगणना अवरुद्ध



महोत्तरी । महोत्तरी-१ को मतगणना अवरुद्ध भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो ।

‘गणानाका क्रममा जनमत पार्टीको मत भएभन्दा कम भयो त्यसैले अहिले हामीले मतगणना स्थगित गरेर छलफल गर्न अनुरोध गरेका छौ ।’ जनमत पार्टीका नेताले भने ।

महोत्तरी १ मा कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलवाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ ।

तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ । जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ । समानुपातिकमा मत पुनःगणाना गर्नुपर्ने जनमत पार्टीका नेताहरूले अडान छ ।

क्रसमतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछि समानुपातिक र प्रत्यक्ष एकसाथ गणाना गरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नक्बर १ (ख)को मतपरिणाम सार्वजनिक भैइसकेको छ भने (क)तर्फ बर्दिबास १३, १४ र भंगाहा नगरपालिकाको ४ वटा वडा मतगणना गर्न बाँकी छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको