७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो



काठमाडौं । क्रोएसियासँग ४-१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली क्यानाडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ ।

आइतबार राति क्रोएसियाको जितमा आन्द्रेज क्रामारिचले दुई गोल गरे । यसैगरी इभान पेरिसिच र जोसिप जुरानोभिचले एक एक गोल गरेका थिए । अल खालिफा रंगशालामा अल्फोन्सो डेभिसले क्यानाडाको लागि अग्रता दिलाएका थिए ।

समूह ‘एफ’को खेलमा मोरक्कोले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई २-० ले हराएको थियो । समूह ‘ई’को खेलमा स्पेनसँग सात गोल खाएको कोस्टारिकाले जर्मनीलाई पराजित गरेको जापानमाथि १-० को जित हासिल गर्याे ।

समूह ‘एफ’मा क्रोएसिया र मोरक्को समान चार अंकका साथ नकआउट चरण प्रवेशको प्रतिस्पर्धामा अगाडि छन । बेल्जियम तीन अंकका साथ तेस्रो स्थानमा रहँदा क्यानाडाले अंकको खाता खोल्न सकेको छैन ।समूहको अन्तिम खेलमा क्यानाडाले मोरक्को तथा क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ०९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल