२ पुस २०८२, बुधबार | December 17, 2025

उदयपुर-१ मा मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले उदयपुर १ मा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

आयोगले मतगणनापूर्व जे जस्तो सहमति भएको हो, सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर-१ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सोमबार निर्देशन दिएको हो ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले ११ मंसिरमा पत्रमार्फत निर्देशन दिएको हो । आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको ४ र ५ मंसिरको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।

उदयपुर-१ मा परराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा।नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच कडा प्रतिस्पर्धा छ । एमालेले निर्वाचनमा धाँधली भएको भन्दै उजुरी हालेपछि शनिबारदेखि नै मतगणना रोकिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ३२ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व