६ चैत्र २०८०, मंगलबार | March 19, 2024

उदयपुर-१ अपडेट : १०० मतपत्र बदर गरेर गणना सुचारु



उदयपुर । त्रियुगा नमुना माध्यामिक विद्यालय गाईघाट मतगणना केन्द्रमा स्थगित भएको मतगणना ४८ घण्टापछि पुनस् सुचारु भएको छ । आइतबार बिहान ८ बजेबाट स्थगित भएको मतगणना मंगलवार बिहान ८ बजेबाट सुरु भएको हो ।

उदयपुर-१ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएपछि विवाद हुँदा मतगणना स्थगित भएको हो । सात दिनदेखि जारी मतगणना प्रतिनिधिसभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि विवाद हुँदा स्थगित भएको हो ।

४८ घण्टादेखि अवरुद्ध भएको उदयपुर १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरू उदयपुर १ (ख) अन्तर्गतका हुन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा ख तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार १० मंसिरमा मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग), अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने (ख)समेत १० वटा मतदान केन्द्रहरुको मतपेटिका खोली मिसाइएका मतपत्रहरु बदर गरेको हो ।

निर्वाचन आयोगले ५ मंसिरमा गरेको निर्णयमा पनि जुन प्रणाली वा सभाको मतपत्र दोहोरो परेको हो, त्यस्तो मतपत्र बदर गर्ने भन्ने व्यवस्थाबमोजिम आफूले बदर हुने निर्णय लिएको सुवेदीको भनाइ छ । मतगणनाको क्रममा प्रतिनिधिसभा तर्फको प्रत्यक्ष तर्फको मतपेटिकाभित्र प्रदेश सभा ख अन्तर्गतका प्रत्यक्षतर्फका १०० थान मतपत्र फेला परेपछि मतगणना रोकिएको थियो । अहिले पनि मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । उदयपुर १ मा नेपाली कांग्रेसका डा। नारायण खड्का र मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ ।

एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ ।  एमाले उम्मेदवार मन्जुकुमारी चौधरीले पुनः मतदान गर्नुपर्ने एमालेको बटमलाइन यथावत् रहेको बताए । पटक-पटक मतगणनाका लागि प्रतिनिधि पठाइदिन आग्रह गर्दा उम्मेदवारले प्रतिनिधि नपठाएपछि गणना कार्य सुरु गरिएको मुख्यनिर्वाचन अधिकृत सुवेदीले जानकारी दिए ।
मतगणना सुचारु गर्न पटकपटक बसेको सर्वदलीय बैठक बिनानिष्क्रिय टुंगिएपछि मुख्य निर्वाचन अधिकृतले मंगलबार यस्तो निर्णय गरेका हुन् । गणना कार्य स्थगित हुनुको कारणसहित निर्वाचन आयोगलाई निर्णयका लागि पठाइएको पत्रको जवाफमा मुख्यनिर्वाचन अधिकारीलाई निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोल्दा प्रदेश तर्फको एक सय वटा मतपत्र भेटिएको थियो ।   ७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले एक हजार ८२५ मतले अग्रता लिएका छ्न् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : ५८ बजे

सुनको मूल्य प्रतितोला सात सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात

एकदिनमै बैंक–वित्तीय संस्थाले राष्ट्र बैंकमा राखे अर्ब बढी निक्षेप

काठमाडौं । नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई ओलीको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

सबै दर्शकले हेर्न पाउने ‘महाजात्रा’

काठमाडौं । यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने

सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै

काठमाडौं । सरकार र आन्दोलनरत सहकारी पीडितबीच मंगलबार वार्ता हुँदै