२ पुस २०८२, बुधबार | December 17, 2025

संसदमा भित्रिए १३ दल, पाँच जना स्वतन्त्र



काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् ।

निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको एक सय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा रहेको छ । यसैगरी, यसअघि प्रतिनिधिसभाा पहिलो दल रहेको एमाले कांग्रेसभन्दा नौ सिट कम रहदै ४१ स्थानमा विजय हासिल गरेको छ ।

उता, अघिल्लो पटक ३६ सिटमा विजय हासिल गरेको माओवादी केन्द्र यसपटक १७ सिटमा सिमित भएर तेस्रो स्थानमा रहेको छ । माओवादी यसअघि पनि तेस्रो स्थानमा थियो ।

एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले १० सिटमा विजय हासिल गरेर चौथो स्थानमा छ । यो पार्टी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उठेको हो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र पहिलो पटक निर्वाचन प्रक्रियामा सामेल भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ स्थानमा विजय हासिल गर्दै पाँचौ नम्बरमा रहेका छन् । जसपा यसअघि चौथौ स्थानमा रहेको थियो ।

उता, अघिल्लो प्रतिनिधिसभामा एक सिटमा मात्रै सीमित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक सात सिटमा विजय हासिल गरेको छ भने पाँचौ स्थानमा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी चार सिटमा खुम्चिएको छ ।

पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनाएको रेशमलाल चौधरी आवद्ध नागरिक लोकतान्त्रिक पार्टीले सुदुरपश्चिम प्रदेशवाट तीन सिटमा विजय हासिल गर्दा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी  र जनमत पार्टीले १–१ स्थानमा विजयी भएका छन् ।

विगतमा माओवादी केन्द्रबाट विजय हासिल गर्दै आएका प्रभु साहले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार भई रहँदा मुलुकभर पाँच जनाले स्वतन्त्रबाट विजयी हासिल गरेका छन ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : ०३ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व