३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर



काठमाडौं । प्रतिनिधि सभाका केही सदस्यहरुलाई विषयगत समितिमा हेरफेर गरिएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको जानकारी गराएका हुन् ।

जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई मनोनयन गरिएको छ भने संसदीय सुनुवाई समितिमा डोलप्रसाद अर्यालको स्थानमा डा. स्वर्णिम वाग्लेलाई समावेश गरिएको छ ।

त्यसैगरी अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानुन न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्बाङलाई समावेश गरिएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ भने टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा समावेश गरिएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ।

सभामुख घिमिरेका अनुसार हरि ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ भने असिम साहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा समावेश गराइएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : ५२ बजे

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट

मन्त्रिपरिषद्का १३ निर्णय : विपद् प्रभावित परिवारलाई मासिक १५ हजार, गहुँको समर्थन मूल्य तोकियो

काठमाडौं । सरकारले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३