४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : नेता सिटौला



झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् ।

झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए । निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे ।

नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको नेता सिटौलाले उल्लेख गरे । “बहुलवादसित गाँसिएर आएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरङ्कुशतामा अल्झन्छ”, उनले भने ।

हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि सङ्गठन विस्तार गर्दै विकास–निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान गरे ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ०१ बजे

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर