१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवल उपमहानगरका वडा स्वास्थ्य इकाईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



बुटवल । बुटवल उपमहानगरका सबै स्वास्थ्य इकाईहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । उपमहानगर अन्तर्गतका वडा स्वास्थ्य इकाईहरुलाई प्राथमिक उपचार देखि अत्यावश्यक स्वास्थ्य उपकरण सामाग्रीहरु उपलब्ध गराइएको हो ।

आज बुटवल उपमहानगरमा आयोजीत एक कार्यक्रमबीच उपमहानगर प्रमुख खेलराज पाण्डेले वडा अध्यक्ष तथा वडा स्वास्थ्य इकाईका प्रमुखहरुलाई सामाग्री हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले प्राप्त सामाग्रीलाई गरिव असहाय र पहूँच नपुग्नेहरुका लागि उपयोग गर्न स्वास्थ्य इकाईका कर्मचारीहरुलाई आग्रह गरे । उनले सामाग्रीहरुको सहि सदुपयोग गर्न र नगरबासीहरुलाई अनुभूति हुने गरि उपयोग गर्न पनि आग्रह गरे ।

स्वास्थ्य इकाईहरुको आवश्यकताका आधारमा स्टेचर देखि आवश्यक औषधीहरुको टुल सममका सामाग्रीहरु सबै वडाहरुमा आजै पठाईने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । ३० लाख बराबरको सामाग्री आज हस्तान्तरण गरिएको बताउँदै उनले छिट्टै थप सामाग्रीहरु वडाहरुमा पठाईने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : ३६ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,