५ चैत्र २०८२, बिहिबार | March 20, 2026

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप ‘एम डबली- मार्फत भुक्तानी गर्न सकिने



काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबली (mDabali) मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबली mDabali मा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।

हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जनाए ।

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अवदेखि एम डबली (mDabali) मार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।

यो सेवा संचालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सिधैं सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १२ : १३ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको