२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

माओवादी नेता हिमाल शर्माको आह्वान – बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ । खसेको एक करोड नौ लाखमध्ये बिहीबार दिउँसो १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित एमाले पहिलो स्थानमा छ । २५ लाख ५९ हजारसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । माओवादी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौं स्थानमा छन् ।

तर, अझै पनि राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादी संघर्षरत छ । बरु पहिलो निर्वाचनमा भाग लिएको जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिलेसम्म दुई लाख ८२ हजार मत प्राप्त गरेको छ । यो मतले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुने भएको छ । अझै दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना गर्न बाँकी छ ।

दोलखाका १० मतदान केन्द्रमा शुक्रबार पुनः मतदान हुँदै छ । त्यसैले सो निर्वाचनमा एकीकृत समाजवादीलाई सत्तागठबन्धनले आफ्नो समानुपातिक मत खसाएमा थ्रेसहोल्ड कट्ने र राष्ट्रिय पार्टी बन्ने सम्भावना पनि बाँकी नै छ । त्यसमा पनि बाजुरा र स्याङ्जा २ मा १० हजार मत प्राप्त गरे एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न पनि सक्छ ।

यसैबीच, माओवादी केन्द्रका नेता हिमाल शर्माले एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन बाँकी मतदान केन्द्रमा कलम चिह्नमा मतदान गर्नुंपर्ने बताएका छन् । नेता शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत सो धारणा अघि सारेका हुन् ।

शर्माले लेखेका छन्, ‘गठवन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्तावः पहिलो कुरा अबको  बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौ । थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौं ।’

यदि एकीकृत समाजवादीले बाँकी गणनामा दुई लाख ९५ हजार मत ल्याएमा र दोलखाको बाँकी १० मतदान केन्द्रमा कांग्रेस, माओवादीले पनि कलम चिन्हमा मत खसाले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने र कम्तीमा चार सांसद पाउने सम्भावना भने अझै बाँकी छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : २६ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित