२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बर्दियाबाट जंगली जनावरको मासु र अवैध हातहतियार बरामद



बर्दिया । बर्दियाबाट प्रहरीले जंगली जनावरको मासु र अवैध हातहतियार प्रहरीले बरामद गरेको छ । आज बिहान जिल्लाको बासगढी नगरपालिका–८ बनगौडी बस्ने ५० वर्षीय गुलराम थारुको घरबाट विभिन्न अवैध हातहतियार बरामद गरेको प्रहरी चौकी लक्ष्मणले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लक्ष्मण बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज (रम्भापुर सेन्टर) र रम्भापुर आर्मी चेकपोष्टबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान, गज १ थान, डेटोनेटर ८ थान, फलामको छर्रा (सानो र ठूलो) ५ सय १५ वटा, गोलीमा प्रयोग हुने फलामको टुक्रा १ सय ७५ वटा, वारुद १५ ग्राम, केप २५ वटा, चित्तलको मासु जस्तो देखिने सुकुटी १ किलो र बदेलको जस्तो देखिने दारा ४ वटा फेला पारि बरामद गरेको हो ।

गुलरामकी श्रीमती ५० वर्षीय पोटनी थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार गुलरामको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : १२ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ