१५ बैशाख २०८१, शनिबार | April 27, 2024

उद्योग संघको स्थापना दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन



बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवसको पूर्व सन्ध्यामा दिप प्रज्ववलन गरेको छ । संघको कार्यालय परिसरमा बुधवार साझ आयोजित कार्यक्रममा स्थापनाको ४५ बर्षको प्रतिकका रुपमा ४५ वटा मैनवत्ति बालिएको थियो ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले आर्थिक समृद्धि र औद्योगिक विकासमा रुपन्देही उद्योग संघको स्थापनाले पु¥याएको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताए । उनले संघका हरेक गतिविधि उद्योगको विकास र संरक्षणमा केन्द्रीत हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोराले संघको गौरवपूर्ण इतिहासलाई आत्मसाथ गर्दै त्यसको गतिविधिलाई बढाएर लैजाने विषयमा सबै उद्योगी व्यवसायीहरुले भूमिका निर्वाहा गर्नु पर्ने धारणा राखे ।

२०३५ साल मंसिर १५ गते संघको स्थापना भएको दिनलाई हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरि मनाउने गरिएको छ । त्यसैक्रममा बुधवार पूर्व सन्ध्यामा दिप प्रज्ववलन गरिएको संघका महासचिव हरि बहादुर खत्रीले बताए ।

स्थापना दिवसको मुल कार्यक्रम विहिवार आयोजना गरिने छ । त्यस अवसरमा संघले आयोजना गर्न लागेको औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपमा विहाना रक्तदान तथा विरामीहरुलाई फलफुल वितरण गरिने जनाइएको छ ।

संयोजक पाण्डेका अनुसार रक्त संचार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा हुने कार्यक्रममा न्यूनतम रुपमा ४५ युनिट रगत संकलन गरिने छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : ३६ बजे

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा