५ पुस २०८२, शनिबार | December 20, 2025

सुनसरी-४ को मतगणना रोचक मोडमा, कुसियैतसँग कार्कीको २७ को मात्र मतान्तर



काठमाडौं । सुनसरी क्षेत्र नम्बर(४ को मतगणना रोचक मोडमा पुगेको छ ।

मतगणनाको क्रममा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदिशप्रसाद कुसियैतबीच काँटेका टक्कर चलिरहेको छ ।

निकै तिब्र प्रतिस्पर्धा भैरहेको यस क्षेत्रमा कुनै बेला कार्की अघि देखिएका छन् भने कुनैबेला कुसियैत ।

आज बिहान कुसियैतले कार्कीलाई ८२ मतले पछि पारेका थिए । अहिले कार्कीले मतान्तर घटाउँदै २७ मा झारेका छन् ।

सँग मतान्तर घटाउँदै लगेका छन् । कुसियैतले २९ हजार ९६६ मत पाएका छन् भने कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् । मतगणना सकिन लाग्दा कुसियैतले यो झिनो अग्रतालाई कायम राख्न सके भने उनी नै विजयी बन्नेछन् । एमालेलाई जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

मतगणनामा एमाले उम्मेदवारको पक्षमा धेरै मत लेखिएको भन्दै कार्कीले आपत्ति जनाएपछि दुई दिन यहाँको गणना स्थगित भएको थियो । पछि निर्वाचन आयोगको निर्देशनपछि हिजोबाट मतगणनाप पुन सुचारु भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको