३१ श्रावण २०८३, आइतबार | August 16, 2026

खुमलटार पुगेर प्रचण्डलाई बधाई दिए कांग्रेस उपसभापति खड्काले



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा निर्वाचनमा विजयी भएकोमा दुवैले बधाई साटासाट गरेका थिए ।

निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनी सिधै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलतासम्बन्धी प्रतिवेदन बुझाएका थिए ।

नेता खड्का आज त्यही प्रतिवेदन प्रचण्डलाई हस्तान्तरण गर्न खुमलटार पुगेका हुन् । कर्णालीमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा सफलता पाएको छ । प्रतिनिधिसभातर्फ कर्णालीमा एमाले शून्य र प्रदेशमा दुई सिटमा झरेको छ । निर्वाचनमा कहाँ के कसरी तालमेल भई काम गरियो भन्ने विषय प्रतिवेदनमा समेटिएको छ ।

सत्तागठबन्धनले कर्णाली प्रदेशमा कांग्रेस उपसभापति खड्कालाई कमान्डर बनाएको थियो । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ४ : ३० बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई