१७ असार २०८३, बुधबार | July 1, 2026

देशमा माफियाको बोलाबाला चलेको छ, नेताहरु दलाल जस्तै देखिएका छन् : चन्द्र भण्डारी



बुटवल । सरकारको नेतृत्व युवाले गर्नु पर्ने चर्चा चलिरहेका बेला कांग्रेस नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले उमेरले भन्दा पनि विचारले युवा भएको नेतृत्व मुलुकले खोजेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले विचारमा उर्जा र युवा जोश भएको नेतृत्व मुलुकले खोजेको बताए ।

उनले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको उल्लेख गर्दै आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्नेमा रहने बताए । बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहिँ रहेको चर्चा गर्दै नेता भण्डारीले नेताहरु जनताबाट निकै टाढा पुगेको बताए । निर्वाचित जन प्रतिनिधिहरु पार्टीको रसिदमा भुण्डिएका कारण मुलुकले गति लिन नसकेको उनको भनाई छ । सदस्यताको रसिद भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिहरुलाई उनले आग्रह गरे । आफु चुनाव प्रचारमा हिँड्दा किसानहरु आत्माहत्या गर्ने अवस्थाको डिप्रेशनमा गएको पाएको बताउँदै भण्डारीले नेताहरु पदको दलाल जस्तो देखिएको आरोप लगाए । ‘सबैतिर माफियाको बोलाबाला छ, कसरी हुन्छ विकास ?’ उनले प्रश्न गरे ।

अहिलेको निर्वाचनले पार्टीमा फरक मत राख्न सक्ने युवाहरुलाई निर्वाचित गरेको भन्दै भण्डारीले त्यही फरक मत राख्न सक्ने युवाको टिमले पार्टिलाई जोगाउँदै नयाँ योजना बनाएर अगाडि बढ्ने जनाए । ‘फरक मत राख्न सक्ने टिम निर्वाचित भएका छन् । एमालेमा पनि छन् । काठमाडौं गएर टिममा छलफल हुन्छ, पार्टी जोगाउँदै मिलाएर जान्छौ ।’ उनले भने ।

महाधिवेशनमा सशक्त विचार राखेको टिमले चुनाव जितेको बताउँदै उनले संस्थापन पक्ष विरुद्ध आवाज उठाउनेहरु बलियो अवस्थामा पुगेको संकेत गरे । गगन थापाको नेतृत्वको विषयमा पत्रकारहरुको प्रश्नमा उनले युवा जोश जाँगर भएको जो पनि नेतृत्वमा पुग्न सक्ने बताए । नतिजा दिन सक्ने युवा देशले खोजेको उनले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : २४ बजे

देशभर मनसुन सक्रिय, आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज अधिकांश स्थानमा

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ