२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

स्याङ्जा-२ मा धनराज गुरुङ साढे चार हजार मतले अघि



काठमाडौं । सत्ता गठबन्धनबाट स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका  उम्मेदवार धनराज गुङले मतान्तर बढाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार गुरुङले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई चार हजार ६ सय ३१ मतले पछाडि पारेका छन् ।

पछिल्लो मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याएकी छिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।

अब चापाकोट नगरपालिका ५, ६, ७, ८, ९ र १० नम्बर जडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्याङ्जा २ (ख) पनि कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाएका छन । भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि छन् । भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ०३ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै