३१ भदौ २०८३, बुधबार | September 16, 2026

फिफा विश्वकप २०२२ : आज फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै



काठमाडौं । कतार फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार प्रिक्वाटरफाइनलका दुई खेल आयोजना हुँदैछन् । दोहामा पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे अल थुमामा मैदानमा हुनेछ ।

फ्रान्स र पोल्यान्डबीच विश्वकपमा दोस्रो भेट हुन लागेको हो । सन् १९८२ मा भएको तेस्रो स्थानको भेटमा पोल्यान्डले ३-२ ले जितेको थियो । पोल्यान्ड समूह डी को विजेता बन्दै नकआउट पुगेको थियो ।

पोल्यान्ड भने समूह सी को उपविजेता भएको हो । पछिल्लो सात भेटमा फ्रान्स पोल्यान्डविरुद्ध अपराजित छ । सन् २००६ पछि नकआउट चरण पुग्ने फ्रान्स साविक विजेता बनेको छ ।

राति पौने एक बजे हुने खेलमा इंग्ल्यान्ड र सेनेगल आमुने सामुने हुनेछन् । खेल अल बायत मैदानमा हुनेछ । गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड समुह बी को विजेता बनेको थियो । विश्वकपमा इंग्ल्यान्डले एक सय गोल पूरा गरेको छ ।

अफ्रिकन च्याम्पियनविरुद्ध इंग्ल्यान्डका ह्यारी केन, मार्कुस रसफार्ड, फिल फोडेन, जड विलिंघम, रहिम स्टर्लिङ जस्ता खेलाडी हुनेछन् । सेनेगल भने समूह ए को उपविजेता रुपमा नक आउट चरणमा पुगेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : २० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज