३१ श्रावण २०८३, आइतबार | August 16, 2026

प्रदेश राजधानी दाङमा तत्काल नसार्न एमालेको माग



बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न आग्रह गरेको छ ।

हाल बुटवल रहेको राजधानी दाङको भालुवाङ सार्न लागिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको एमालेले विनापूर्वाधार राजधानी तत्काल दाङ नसार्न भनेको हो ।

सस्तो लोकप्रिययताका लागि भालुवाङ राजधानी सार्न थालिएको आरोप लगाउँदै एमालेले तत्काल राजधानी सार्ने काम रोक्न आग्रह गरेको छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी सार्ने काम रोक्न आग्रह गरेका हुन् । राजधानी भालुवाङ सार्ने तयारी स्वरुप सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले आपत्ति जनाएको हो ।

प्रदेशसभा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा अहिले राजधानी सार्ने काम उचित नभएको भन्दै एमालेले प्रदेशमा बन्ने नयाँ सरकारले यसबारे काम गर्नुपर्ने जिकीर गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  २ : ४५ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई