११ बैशाख २०८१, मंगलबार | April 23, 2024

अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला



अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ ।

पाणिनी गाउँपालिका वडा नं. १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् ।

सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट हरेक किसानले ५ लाखदेखी २८ लाखसम्म आम्दानी गर्ने अनुमान छ ।

गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका रेवती प्रसाद पौडेलपनि यतिवेला सुन्तला टिप्न ब्यस्त छन् । २० रोपनीमा सुन्तला खेती गरेका पौडेलको बंगैचामा ५ सय ५५ सुन्तलाका विरुवा छन् । यो वर्ष करिब २५० क्विन्टल सुन्तला उत्पादन हुने पौडेलको अनुमान छ ।

२५ वर्षदेखि पारिवारिक रुपमा व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका माधव पौडलको बारीमा ५०० सुन्तलाका बोट छन् । पेशाले पत्रकारीतासमेत गर्दै आएका पौडेलले १५ रोपनीमा सुन्तला लगाएका छन् । सुन्तला बगैँचाबाटै हिजाेआज प्रतिकेजी ७० रुपैँयामा बिक्री भएको छ ।

उत्पादित सुन्तला बेमौसममा बिक्री गर्नका लागि लुम्बिनी प्रदेश सरकार र स्थानीय कृषकहरूको अग्रसरमा ५० प्रतिशत अनुदानमा शिवशक्ति शीत भण्डारको स्थापना गरिएको छ । यद्यपि गतवर्ष कोल्डस्टोरमा राखिएका सुन्तला कुहिएपछि यो वर्ष कोल्ड स्टोरमा सुन्तला राख्ने कि नराख्ने भन्नेमा किसानहरु दोधारमा छन् ।

गतवर्षभन्दा सुन्तला उत्पादन बढेको अर्घाखाँचीमा यो वर्ष करिब २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परीयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ । अर्घाखाँचीमा पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारा, लगाएतका ठाउँका करिब १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ ।
 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : ३४ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको