१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न महानगरको ३५ दिने अल्टिमेटम



काठमाडौं । सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैह्रसरकारी  संस्था,  कम्पनी  तथा  अन्य  प्रकृतिका निजी कार्यालयको  परिसरलाई  नियमित सरसफाइ गर्न भनेको छ ।

सफा नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा  अन्य  प्रकृतिका  फोहोर  मैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको महानगरपालिकाको ठहर छ ।

‘फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो,’ महानगरपालिकाले सूचना जारी गर्दै भनेको छ,’फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा ऐ. नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै  प्रकारका  सरकारी  तथा  निजी  कार्यालयहरूले  आफ्नो  परिसरको  फोहोर  मैला  ३५  दिनभित्र  आफैं  व्यवस्थापन  गरी  सहरलाई  सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’

३५ दिनभित्र फोहोर व्यवस्थापन नगरेमा दण्ड जरिवाना गरिने समेत चेतावनी महानगरपालिकाले दिएको छ । फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल  गरी  त्यस्ता  कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ५३ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र