१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

निर्वाचन आयोगले गर्‍यो समानुपातिकतर्फ अन्तिम सिट बाँटफाँट, कुन दलले कति पाए !



काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पाएको अन्तिम सिटसंख्या सार्वजनिक गरेको छ ।

सोमबार मात्र समानुपातिक मतगणना सम्पन्न गरेको आयोगले सेन्ट लग विधिमार्फत हिसाब निकालेर दलहरुले प्राप्त गरेको अन्तिम सिट संख्या निर्धारण गरेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको समानुपातिक सिट संख्या सार्वजनिक गरेको छ । जसअनुसार सबैभन्दा ठूलो दल नेकपा एमाले बनेको छ । एमालेले प्रतिनिधिसभामा ३४ र प्रदेशसभामा ७० गरी कुल १०४ सिट प्राप्त गरेको छ ।

यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट गरी ९६ सिट हासिल गरेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ प्रदेशसभामा २९ गरी कुल ४३ सिट जितेको छ ।

प्रदेश सभामा उसले उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा १३ सिट पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा ७ सिट जितेको छ भने प्रदेशसभामा १७ सिट जितेको छ ।

यस्तै एकीकृत समाजवादीले प्रदेशसभामा ९ सिट हासिल गरेको छ । तर यो पार्टीले प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेपछि सिटबिहीन बनेको छ ।

जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रतिनिधिसभामा समान ५ सिट जितेको छ भने प्रदेशसभातर्फ पनि ९ ९ सिट जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले प्रदेसभामा ५ सिट जितेको छ । नेपाल मजदुर किसान पार्टीले प्रदेशभामा २ सिट जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभामा ३ सिट जितेको छ । यस्तै, नेपाल संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले पनि प्रदेशभामा खाता खोल्न सफल भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : ४२ बजे

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको