८ चैत्र २०८२, आइतबार | March 22, 2026

मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधबार राष्ट्रपति भण्डारीलाई आयोगले आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक पेस गरेको आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।

प्रतिवेदनमा आव ७८/७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिस लगायतका विषय उल्लेख छन् । मानव अधिकारको संरक्षण र  सम्वर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् । उनले मानव अधिकार शिक्षा र संस्कृतिको विकासका लागि आयोगले शैक्षिक संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : ५८ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली