२ माघ २०८२, शुक्रबार | January 17, 2026

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन


२२ मंसिर २०७९, बिहिबार  

351
Shares

तुलसीपुर । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन ।

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ ।

त्यस्तै, मङ्गलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ताअघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ । तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन ।

नेपाल वायु सेवा निगम दाङका स्टेसन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुईवटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन ।

मङ्सिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यसअघि र त्यसपछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए । उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ ।

उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि, काठमाडौंबाटै इन्धन लिएर आउनुपर्ने अवस्था थियो । त्यसले गर्दा केही सिट काठमाडौंबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो ।

अहिले एयरपोर्टमा १९ सिटे टुइनअटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् ।

अहिले दाङ-काठमाडौं हवाई भाडा न्यूनतम रु आठ हजार ८१० छ भने अधिकतम रु १२ हजार ६६५ रहेको छ । काठमाडौंभन्दा दाङ आउँदा भने त्यसको रु २०० बढी हुन्छ । काठमाडौंमा यात्रु सेवाबापत ५०० रहेको, दाङमा ३०० रहेकाले काठमाडौंबाट दाङ आउँदा रु २०० बढी लाग्ने गर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : ३८ बजे

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय

नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ