१९ बैशाख २०८३, शनिबार | May 2, 2026

समानुपातिक सांसद चयनका विषयमा रास्वपामा विवाद, असन्तुष्टले बजाउन थाले घण्टी



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयमा विवाद सुरु भएको छ ।

केही महिना अघि मात्रै गठन भएको रास्वपाले पहिलो पटक चुनाव लडेरे समानुपातिक प्रणालीअन्तर्गत १३ सिट प्राप्त गरेको छ । यही सिट बाँटफाँटको विषयमा नेताहरुबीच विवाद देखिएको हो ।

रास्वपले समानुपातिकममा पर्नको लागि पार्टीको आन्तरिक प्राइमरी इलेक्सन गराएर नाम संकलन गरेर बन्द सूची तयार गरेको थियो । तर, अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरुलाई माथि ल्याएर सांसद बनाउन खोजिएको भन्दै बन्दसूचीमा नाम रहेकाहरुले विरोध गरेका छन् । उनीहरुले बसुन्धरास्थित पार्टी कार्यालयमा धर्नादिँदै घण्टी बजाउन सुरु गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार मात्रै दलहरुलाई सिट संख्या विभाजन गरेर तीन दिनभित्र आयोगमा सांसदहरुको नाम बुझाउन पत्राचार गरेको थियो । यसअघि बुझाएको बन्दसूचीबाट क्लस्टरअनुसार नाम मिलाएर दलहरुले आयोगलाई नाम पठाउनुपर्ने हुन्छ ।

प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरुले चुनावको बेला नेताको अघिपछि हिँडेर अहिले सांसद बन्न चलखेल गरेको र केही नेताहरुले चलखेल गरेको असन्तुष्टहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ०८ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय