४ पुस २०८२, शुक्रबार | December 19, 2025

समानुपातिक सांसद चयनका विषयमा रास्वपामा विवाद, असन्तुष्टले बजाउन थाले घण्टी



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयमा विवाद सुरु भएको छ ।

केही महिना अघि मात्रै गठन भएको रास्वपाले पहिलो पटक चुनाव लडेरे समानुपातिक प्रणालीअन्तर्गत १३ सिट प्राप्त गरेको छ । यही सिट बाँटफाँटको विषयमा नेताहरुबीच विवाद देखिएको हो ।

रास्वपले समानुपातिकममा पर्नको लागि पार्टीको आन्तरिक प्राइमरी इलेक्सन गराएर नाम संकलन गरेर बन्द सूची तयार गरेको थियो । तर, अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरुलाई माथि ल्याएर सांसद बनाउन खोजिएको भन्दै बन्दसूचीमा नाम रहेकाहरुले विरोध गरेका छन् । उनीहरुले बसुन्धरास्थित पार्टी कार्यालयमा धर्नादिँदै घण्टी बजाउन सुरु गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार मात्रै दलहरुलाई सिट संख्या विभाजन गरेर तीन दिनभित्र आयोगमा सांसदहरुको नाम बुझाउन पत्राचार गरेको थियो । यसअघि बुझाएको बन्दसूचीबाट क्लस्टरअनुसार नाम मिलाएर दलहरुले आयोगलाई नाम पठाउनुपर्ने हुन्छ ।

प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरुले चुनावको बेला नेताको अघिपछि हिँडेर अहिले सांसद बन्न चलखेल गरेको र केही नेताहरुले चलखेल गरेको असन्तुष्टहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ०८ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,