२२ असार २०८३, सोमबार | July 7, 2026

बुटवलमा मनाइयो यःमरि पुन्हि, लुम्बिनी प्रदेशसभामा विजयता एकमात्र नेवाः नेतालाई सम्मान



बुटवल । बुटवलमा क्रियाशिल नेवाः संस्थाहरुले यःमरि पुन्हि धुमधामकासाथ मनाएका छन् । यःमरी पुन्हिको अवसर पारेर रुपन्देहीमा क्रियाशिल संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी पर्व मनाएका हुन् ।

नेवार समुदायका नयाँ पुस्ताका युवाहरु आफनो संस्कृति बुझाउने उद्देश्यका भिमसेन नेवाः समाजले तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा मंसिर २१ र २२ गते दुई दिन नेवारी खाजा महोत्सव गरेको छ भने ‘संस्कृतिको जगेर्ना हाम्रो दायित्व’ भन्ने नाराका साथ तिलोत्तमा नेवा मयजु खलद्वारा गोलपार्कमा यः मरी पुन्हि विशेष कार्यक्रम सम्पन्न गरेको छ । मुख्य सडकको चोकमा यः मरि सहितको नेवारी परिकारको स्टल प्रदर्शन गरेर यःमरीको बारे प्रचारप्रसार गरिएको मयजुका अध्यक्ष मिलन श्रेष्ठले बताईन् ।

रुपन्देहीकै पूरानो नेवाः पुच नेवा समाज विकास परिषदले योमरी पुन्ही विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको भवनमा विहीबार योमरी पुन्ही शुभकामना तथा प्रदेश सभा सदस्यमा एक मात्र नेवाः समुदायबाट विजयी भोजप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ।

सो अवसरमा बोल्दै नव निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री श्रेष्ठले नेवारी समुदायमा रहेका संस्कार, संस्कृतिहरुको संरक्षण गर्न संस्थागत रुपमा लाग्नुपर्ने बताए ।

उनले ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको विभिन्न पर्व र रितितिथिहरुलाई सबै समुदायलाई नै उपयोगी हुने दाबी गरे । राजनीति समाज परिवर्तनको एउटा पाटो भएको भन्दै यसलाई बदनामिबाट बचाउनु आवश्यक रहेको बताए । नया पिंढिलाई समेत राजनीतिप्रतिको वितृष्णा हटाउने गरी काम गर्न प्रमुख राजनीतिक दलहरुको नेतृत्वको काँधमा जिम्मेवारी आएको बताए ।

उनले नेवारहरुको संस्कार, संस्कृति नया पुस्तामा सिकाउने गरी अघि बढ्न जरुरी रहेको बताउँदै संविधानले नेपालमा रहेका सबै भाषाभाषी, धर्मसंस्कृतिलाई सम्बोधन गरेकाले त्यसैमा टेकेर क्रियाकलापहरु अघि बढाउनुपर्ने बताए ।

वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठले नेवार समुदायमा योमरी पुर्णिमाको विशेष महत्व रहेको भन्दै नया अन्नबाली भित्र्याउने पर्वका रुपमा रहेको बताए । भकारीमा अंन्नबालीसंगै भगवानका रुपमा योमरी पुन्य मनाउने गरिएको उनले बताए ।

कार्यक्रममा पुचका अध्यक्ष काजीमान श्रेष्ठले नेवार समुदायको मात्र नभई यो सबैको साझा पर्व भएको बताए । उनले काठमाडौ बाहिर नेवारी परम्परा, संस्कृति जगेर्ना गर्न संस्थागत रुपमा आफुहरु लागेको बताए ।

जनप्रतिनिधिहरुले आफनो मुद्दालाई विशेष प्राथमिकता दिन उनले आग्रह गरे । प्रदेश सरकारले नेवारका विशेष पर्वमा जाईजात्रामा सार्वजनिक विदाको ब्यवस्थापन गर्न यसअघि सरकारमा पटकपटक पहल गरेको र अब नया सरकारबाट घोषणा गर्न सुझाव दिए ।

कार्यक्रममा सल्लाहकार लवकुश श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष लिलाप्रसाद श्रेष्ठ, चिरञ्जीवी जोशी, सचिव लक्ष्मि श्रेष्ठले कला, धर्म, संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : ४३ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ