२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

त्रिदेशीय शृंखलामा जितविहीन बन्यो नेपाल



काठमाडौं । विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ । बिहीबार भएको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो ।

नेपाल र नामिबियाबीचको पहिलो खेल नजिताविहीन भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको पराजित भएसँगै जितविहीन बनेको छ ।

बिहीबार स्कटल्यान्डसँग टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.३ ओभरमा अल आउट हुँदै उक सय १९ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्यान्डले १७ ओभरमा मात्र दुई विकेट गुमाएर एक सय २१ रनसहित लक्ष्य पूरा गर्‍यो ।

नामिबियाका लागि विकेटकिपर-ब्याटर जर्ज मुन्से ४५ रन बनाएर पेभेलियन फर्किँदा क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ रन जोडे। नेपालका लागि गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेले ४७ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : ३४ बजे

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको