८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आँधीखोलाको अस्तित्व सङ्कटमा



वालिङ । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन् । पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह घट्दै गएको छ । सहायक खोलाहरुको मुहान सुक्दै जाँदा आँधीखोलाको अस्तित्व सङ्कटमा पर्ने खतरा बढेको हो । बजारका ढलहरु सोझै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएको छ । समयमै यसको संरक्षणमा ध्यान जानुपर्नेमा आवाज उठ्न थालेको छ ।

समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता सङ्कटमा पर्नसक्ने भएकाले सरोकारवाला पक्षसहित नागरिकलाई सचेत बनाउँदै चासो दिने बनाउनका लागि नेपाल नदी संरक्षण संस्था, नेपालले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै गएकाले यसको रोकथाम र संरक्षणमा ध्यान दिनका लागि ‘आँधीखोला संरक्षण महाअभियान’ सञ्चालन थालिएको बताए ।

“आँधीखोलामा पहिला पानीमुनी देखिने ढुङ्गा अहिले धेरै माथि आइसकेका छन्, यो जथाभावीरुपमा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् कार्यबाट निम्तिएको सङ्कट हो” आलेले भने, “पहिलाजस्तो ढुङ्गा खोलामा देखिँदैनन्, माछा पाइनै छाडे, माछा मारेरै जीवनयापन गर्ने माझी जातीको पेसा लोप भएको छ ।”

आँधीखोलाको किनारमा रहेका बजारका ढलहरु सिधै मिसाउँदा खोलामा प्रदूषण बढ्दै गएकाले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । “स्याङ्जाको सभ्यता तथा अमूल्य गहनाको रुपमा रहेको आँधीखोलाको संरक्षण र संवद्र्धनमा यहीँका नीति निर्माता र नागरिक पहिला सचेत हुनुपर्छ”, आलेले भने, “होइन भने केही वर्षपछि काठमाडौँको बागमती र विष्णुमतीको जस्तै हालत आँधीखोलाको हुनेमा कुनै शङ्का छैन, समयमै ध्यान दिनुपर्छ ।”

खोलाबाट जथाभावीरुपमा ढुङ्गा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने अवस्था छ । खोलाको मुहान तथा स्रोतको संरक्षण गर्नुपर्छ । खोला आसपास फोहोरमैला नफाल्न, बजारबाट निस्कने ढललाई प्रशोधन गरेरमात्रै मिसाउन, माझी जातीको पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहयोग गर्नुपर्नेलगायत ११ बुँदे ज्ञापनपत्र वालिङ नगरपालिकालाई बुझाइएको छ ।

आँधीखोला वालिङको मात्रै नभएर स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने वालिङ नगर प्रमुख कृष्ण खाणले बताए। आँधीखोलाको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको दोहन हुन नदिन प्रयास गरिने बताए ।

“आँधीखोलाको सभ्यता जोगाउनका लागि हामी प्रतिबद्ध छौँ, सकारात्मक छौँ, यसलाई प्रदूषण रहित बनाउन कसरी सकिन्छ भन्नमा चिन्तित छौँ” खाणले भने, “बजारबाट खोलामा मिसिने ढललाई सिधै नभई प्रशोधन गरेर मिसाउनका लागि कार्य थालिएको छ, अब छिट्टै सकिन्छ ।”

आँधीखोलामा माछा हराउँदै गएकाले माझी जाती आफ्नो पुख्र्यौली पेसाबाट पलायन हुँदै गएको छ । आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका हुँदै आँधीखोला बग्छ । उत्पत्ति भएको अन्धाअन्धी दहदेखि आँधीमुहान (मिर्र्म) पुग्दासम्म जिल्लाका मुख्य मुख्य बजार यही खोलाको किनारमा अवस्थित छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : १८ बजे

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने