८ बैशाख २०८३, मंगलबार | April 21, 2026

युनिभर्सल मेडिकल कलेजका डाक्टरले गलत अप्रेसन गरिदिएपछि क्षतिपूर्ति माग्दै पीडित परिवार



बुटवल । युनिभर्सल मेडिकल कलेजका डाक्टरले छोराको गलत तरिकाले अप्रेसन गरेको भन्दै एक अभिभावकले मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग गरेका छन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ का रामजियावन मिश्राका १३ वर्षिय छोरा रूपक मिश्रालाई भैरहवास्थित मेडिकल कलेजले गलत अप्रेसन गरिदिएपछि उनी एक वर्षदेखि थप उपचारका लागि भौतारिन बाध्य बनेका छन् । काठमाडौं गएर हड्डी रोग विशेषज्ञलाई चेकजाँच गराउदा अप्रेसन नै गलत तरिकाले भएको भन्ने थाहा पाएपछि मिश्राले मेडिकल कलेजसँग क्षतिपुर्तिको माग गर्दै न्याय मागेका हुन् ।

२३ असार २०७६ मा खेल्ने क्रममा घरको छतबाट लडेर हात भाँचेका रुपक उपचारका लागि भीम अस्पताल गएका थिए । भीमले अस्पतालले उपचार गर्न जटिल रहेको भन्दै युनिभर्सल मेडिकल कलेज रिफर गर्‍यो । मेडिकल कलेजको डा. प्रकृतिराज कँडेल र डा. किशोर श्रेष्ठको नेतृत्वमा अप्रेसन भएकोमा हातमा स्टिलसमेत रखिएको र रुपकको हालैमात्र स्टिल निकाल्दा हात सन्चो हुनुका साटो थप समस्या र दुखाई बढेपछि काठमाडौमा उपचार गर्न लैजाने क्रममा गलत अप्रेशन भएको मिश्राले थाहा पाएको उनले बताए ।

मिश्राका अनुसार चिकित्सकको रायअनुसार उपचार गरिरहेका मिश्रा एक वर्षसम्म पनि राहत नपाएपछि काठमाडौं गएर बी एण्ड बी अस्पतालमा बाबुकाजी श्रेष्ठकहाँ उपचारका लागि पुगेका थिए । भैरहवाको सबै कागजातसहित पुगेका मिश्रा त्यहाँ चेकजाँच गराउँदा अप्रेसन नै गलत तरिकाले भएको थाहा पाएको उनले बताए । हड्डी जहाँ हुनुपर्ने हो त्यहाँ छैन, हातमा थप हड्डी पलाएको सुनेपछि होस नै उड्यो । पत्रकारहरु बोलाएर न्याय माग्दै गरेका मिश्राले भने ।

मेडिकल कलेजका चिकित्सकले फिजियोथेरापी नियमति रूपमा गरे निको हुने भन्दै गरेको अवस्थामा काठमाडौंका चिकित्सकले त्यसविपरीत फिजियोथेरापी नै नगर्न भने । अप्रेसन नै गलत भएकोले हड्डी पलाएको छ, ठीक तरिकाले हड्डी ठाँउमा राखेर अप्रेसन गरेको भए फिजियोथेरापीले काम गर्ने तर हड्डी उचित ठाउँमा नराखेकाले यसले झन समस्या ल्याएको डा. बाबुकाजी श्रेष्ठलाई उदृत गर्दै मिश्राले भने ।

हात नै बाँगो भएपछि काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार गराउँदा अप्रेसन गर्दा बिगारेको र अर्को ठाउँबाट हड्डी पलाएको रिपोर्ट आएको पीडितका बुबा रामजीयावन मिश्राले बताए । हातमा अर्को हड्डी पलाएकोले दुःखाइ बढ्दै गएको पीडितको भनाइ छ ।

पीडित मिश्रले पत्रकार सम्मेलनमार्फत क्षतिपूर्तिको माग गरेको र सहज रूपमा सुनुवाइ नभए कानुनी ढंगबाट अगाडि बढ्ने बताए । अहिले पीडित मिश्राको हात सहज रुपमा फोल्ड हुँदैन र दुखाइ कम गर्ने औषधि नखाइ बस्न नसकिने अवस्थामा रहेको बताएका छन् । ६ लाख बढी उपचार खर्च लागे पनि आराम नभएको भन्दै उनले यदि गर्न सकिँदैन भने जवाफ दिनुको साटो मेडिकल कलेजले गल्ती स्विकार नगरि एक वर्षदेखि पैसा मात्रै लुट्ने गरेको आरोप लगाए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि गलत तरिकाले अप्रेसन भएको पुष्टि हुँदासमेत प्रमुख कार्यकारी अधिकृत अजयकुमारले डाक्टरलाई संरक्षण गरी राखेको पीडित मिश्राले आरोप लगाए ।घटनाका विषयमा जानकारी लिन सम्पर्क गर्दा युनिभर्सल मेडिकल कलेजका प्रशासकिय अधिकृत तेजकुमार केसीले सूचना अधिकृत सुशिल गुरुङसँग कुरा गर्न भन्दै उम्कन खोजे भने सूचना अधिकृत गुरुङको मोबाईल उठेन ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : २३ बजे

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी