५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

युनिभर्सल मेडिकल कलेजका डाक्टरले गलत अप्रेसन गरिदिएपछि क्षतिपूर्ति माग्दै पीडित परिवार



बुटवल । युनिभर्सल मेडिकल कलेजका डाक्टरले छोराको गलत तरिकाले अप्रेसन गरेको भन्दै एक अभिभावकले मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग गरेका छन ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ का रामजियावन मिश्राका १३ वर्षिय छोरा रूपक मिश्रालाई भैरहवास्थित मेडिकल कलेजले गलत अप्रेसन गरिदिएपछि उनी एक वर्षदेखि थप उपचारका लागि भौतारिन बाध्य बनेका छन् । काठमाडौं गएर हड्डी रोग विशेषज्ञलाई चेकजाँच गराउदा अप्रेसन नै गलत तरिकाले भएको भन्ने थाहा पाएपछि मिश्राले मेडिकल कलेजसँग क्षतिपुर्तिको माग गर्दै न्याय मागेका हुन् ।

२३ असार २०७६ मा खेल्ने क्रममा घरको छतबाट लडेर हात भाँचेका रुपक उपचारका लागि भीम अस्पताल गएका थिए । भीमले अस्पतालले उपचार गर्न जटिल रहेको भन्दै युनिभर्सल मेडिकल कलेज रिफर गर्‍यो । मेडिकल कलेजको डा. प्रकृतिराज कँडेल र डा. किशोर श्रेष्ठको नेतृत्वमा अप्रेसन भएकोमा हातमा स्टिलसमेत रखिएको र रुपकको हालैमात्र स्टिल निकाल्दा हात सन्चो हुनुका साटो थप समस्या र दुखाई बढेपछि काठमाडौमा उपचार गर्न लैजाने क्रममा गलत अप्रेशन भएको मिश्राले थाहा पाएको उनले बताए ।

मिश्राका अनुसार चिकित्सकको रायअनुसार उपचार गरिरहेका मिश्रा एक वर्षसम्म पनि राहत नपाएपछि काठमाडौं गएर बी एण्ड बी अस्पतालमा बाबुकाजी श्रेष्ठकहाँ उपचारका लागि पुगेका थिए । भैरहवाको सबै कागजातसहित पुगेका मिश्रा त्यहाँ चेकजाँच गराउँदा अप्रेसन नै गलत तरिकाले भएको थाहा पाएको उनले बताए । हड्डी जहाँ हुनुपर्ने हो त्यहाँ छैन, हातमा थप हड्डी पलाएको सुनेपछि होस नै उड्यो । पत्रकारहरु बोलाएर न्याय माग्दै गरेका मिश्राले भने ।

मेडिकल कलेजका चिकित्सकले फिजियोथेरापी नियमति रूपमा गरे निको हुने भन्दै गरेको अवस्थामा काठमाडौंका चिकित्सकले त्यसविपरीत फिजियोथेरापी नै नगर्न भने । अप्रेसन नै गलत भएकोले हड्डी पलाएको छ, ठीक तरिकाले हड्डी ठाँउमा राखेर अप्रेसन गरेको भए फिजियोथेरापीले काम गर्ने तर हड्डी उचित ठाउँमा नराखेकाले यसले झन समस्या ल्याएको डा. बाबुकाजी श्रेष्ठलाई उदृत गर्दै मिश्राले भने ।

हात नै बाँगो भएपछि काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार गराउँदा अप्रेसन गर्दा बिगारेको र अर्को ठाउँबाट हड्डी पलाएको रिपोर्ट आएको पीडितका बुबा रामजीयावन मिश्राले बताए । हातमा अर्को हड्डी पलाएकोले दुःखाइ बढ्दै गएको पीडितको भनाइ छ ।

पीडित मिश्रले पत्रकार सम्मेलनमार्फत क्षतिपूर्तिको माग गरेको र सहज रूपमा सुनुवाइ नभए कानुनी ढंगबाट अगाडि बढ्ने बताए । अहिले पीडित मिश्राको हात सहज रुपमा फोल्ड हुँदैन र दुखाइ कम गर्ने औषधि नखाइ बस्न नसकिने अवस्थामा रहेको बताएका छन् । ६ लाख बढी उपचार खर्च लागे पनि आराम नभएको भन्दै उनले यदि गर्न सकिँदैन भने जवाफ दिनुको साटो मेडिकल कलेजले गल्ती स्विकार नगरि एक वर्षदेखि पैसा मात्रै लुट्ने गरेको आरोप लगाए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि गलत तरिकाले अप्रेसन भएको पुष्टि हुँदासमेत प्रमुख कार्यकारी अधिकृत अजयकुमारले डाक्टरलाई संरक्षण गरी राखेको पीडित मिश्राले आरोप लगाए ।घटनाका विषयमा जानकारी लिन सम्पर्क गर्दा युनिभर्सल मेडिकल कलेजका प्रशासकिय अधिकृत तेजकुमार केसीले सूचना अधिकृत सुशिल गुरुङसँग कुरा गर्न भन्दै उम्कन खोजे भने सूचना अधिकृत गुरुङको मोबाईल उठेन ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  २ : २३ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०