४ पुस २०८२, शुक्रबार | December 20, 2025

संघमा थ्रेस होल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई प्रदेशको समानुपातिकमा ९ सिट



काठमाडौं । प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२ मतमध्ये ५५,९५७ मत ल्याएको उसले एक सिट पाएको हो ।

मधेस प्रदेशमा १९,५२,९४९ मतमध्ये १,१३,९१५ मत पाएको एकीकृत समाजवादीले सबैभन्दा धेरै तीन सिट पाएको छ । यो कुल सदर मतको ५.८३ प्रतिशत हो । यस्तै बागमती प्रदेशमा १८,६९,१३६ मतमध्ये ६९,८४६ मत पाएको दुई सिट पाएको छ । यो कुल सदर मतको ३.७४ प्रतिशत हो ।

गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सिट भने पाउन सकेन । गण्डकीमा एकीकृत समाजवादीले कुल ९,४२,७९८ मतमध्ये १५,०७६ मत पाएको थियो । यो कुल सदर मतको १.६० प्रतिशत हो ।

लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीले एक सिट पाएको छ । कूल १७,७७,७२० मतमध्ये ४२,६२१ मत पाएको थियो । यो कूल सदर मतको २.४० प्रतिशत हो ।

कर्णाली प्रदेश सभामा पनि एकीकृत समाजवादीले एक सिट पाएको छ । कुल ५,६२,३४० मतमध्ये एकीकृत समाजवादीले ३५,८२६ मत पाएको थियो । यो कुल सदर मतको ६.३७ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशसभामा समेत एकीकृत समाजवादीले एक सिट मात्र पाएको छ । कुल ८,५२,२८१ मतमध्ये ४३,८१९ मत पाएको थियो । यो कुल सदर मतको ५.१४ प्रतिशत हो ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले २,९८,३९१ मत पाएको हो । सदर भएको कूल १,०५,६०,०८२ मतमध्ये तीन प्रतिशत मत नपुगेपछि प्रतिनिधिसभामा  समानुपातिक सिट शून्य भएको हो । यद्यपि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको