२५ श्रावण २०८३, सोमबार | August 10, 2026

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण घट्यो



बेदकोट । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो ।

एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । “पछिल्लो केही महिनायता डेङ्गु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्”, उनले भने । चिसोमा डेङ्गु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले सङ्क्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए ।

स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि सङ्क्रमणमा कमी आएको उनले बताए । महाकाली अस्पतालमा पछिल्लो समय डेङ्गुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । उनले भने, “दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।” महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेङ्गुका बिरामी फेला परेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : १५ बजे

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको