२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

पार्टी परित्याग गरेको झण्डै एक महिना पछि एमालेबाट भुसाल र साह निस्कासित



काठमाडौँ ।  एमाले पार्टी परित्याग गरि मंसिर ४ गते सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका नेताहरुलाई पार्टी परित्याग गरेको झण्डै एक महिना पछि पार्टीबाट निश्कासन गरिएको छ । एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई उनीहरुले पार्टी परित्याग गरेको एक महिना पछि पार्टीबाट निस्कासन गरिएको हो ।

आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

भुसालले पार्टीले  टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए भने साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी  दिएका थिए ।

पार्टीविरुद्ध काम गरेको पाइएपछि केन्द्रीय सदस्यहरु उपेन्द्र साह रौतहट, कुन्दन कुसवाह रौतहट, रामप्रित राम सिराहा, बद्री न्यौपाने सर्लाही, रिता साह सर्लाही, गंगा चौधरी दाङ, टेकबहादुर बलम्पाकी महोत्तरीलाई पनि पदबाट हटाउने सचिवालय बैठकले निर्णय गरेको गुरुङले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : ५६ बजे

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण