४ असार २०८२, बुधबार | June 18, 2025

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)



काठमाडौं । नेकपा एमालेले २२ महिला र १२ पुरुष समानुपातिक सांसद छानेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद छानेको हो ।

बैठकले यस अघि बुझाएको सूचीलाई नै आधार बनाएर आफ्नो भागमा परेको सांसदहरुको नाम छानेको बैठकमा सहभागी एक एमाले नेताले बताए । एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए ।

यस्तो छ एमालेको सूचीः

आदिवासी जनजातिः पुरुषमा देवीप्रसाद भट्ट चन्द, हेमराज राई, कालुराम राई

आदिवासी जनजाति महिलाः नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा ।

खस आर्यतर्फः पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही,

खस आर्यतर्फ महिलाः मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, सोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा, सुनिता बराल ।

थारु महिलाः आश्मा कुमारी चैधरी, शान्ति चौधरी ।

दलितः पुरुषमा इश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा ।

दलित महिलाः रुकमणी राणा बराइली, हर्कमाया विश्वकर्मा ।

मधेसीः पुरुषमा गंगा प्रसाद यादव, अमृतराज लालवंशी ।

मधेसी महिलाः विना देवि, अमृतादेवि अग्रहरी, प्रतिक्षा तिवारी मुखिया

मुस्लिमः सराज अहमद फारखी

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ५ : ११ बजे

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक