२ माघ २०८२, शुक्रबार | January 17, 2026

कर्णाली नदीमा डोजर खस्यो : दुई जनाको मृत्यु, तीन बेपत्ता, तीन घाइते



कालिकोट । कर्णाली करिडोरस्थित रेगिल सडकखण्डमा स्काई भेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् । तीन जना नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी-१ का अन्दाजी १७ वर्षीय चरित्र बिक र सान्नित्रिबेणी-१ का अन्दाजी १४ वर्षीका युवाराज बुढको मृत्यु भएको छ ।

दुर्घटनामा परी सान्नित्रिबेणी-१ कै नर गीरीका छोरा उमेस गीरी, सान्नित्रिबेणी-१ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन् ।

डोजरमा रहेका रास्कोट नगरपालिका-७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहे छ । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : ४२ बजे

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय

नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ