८ माघ २०८२, बिहिबार | January 23, 2026

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता, बन्यो एम्सको सदस्य



पोखरा । पोखरा म्याराथनले अन्तर्राष्ट्रियता मान्यता पाएको छ । नेपालकै जेठो दावी गरिएको उक्त म्याराथनले विश्वभरका म्याराथनको छाता संस्था एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता पाएको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ ।

१७ औं संस्करणको म्याराथन आगामी फागुन ६ गते हुँदै छ । केही समयअघि पोखरा म्याराथनको दौड रुटले पनि अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । सदस्यता प्राप्त गरेसँगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिएका छन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एम्सको सदस्य बन्न पाउँदा खुशी लागेको बताए । ‘हामी सबैका लागि यो खुशीको खबर हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीका लागि गौरवको विषय हो,’ उनले भने । उक्त म्याराथनले पोखराका १७ वटा वडालाई छोएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : १७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा