२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता, बन्यो एम्सको सदस्य



पोखरा । पोखरा म्याराथनले अन्तर्राष्ट्रियता मान्यता पाएको छ । नेपालकै जेठो दावी गरिएको उक्त म्याराथनले विश्वभरका म्याराथनको छाता संस्था एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता पाएको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ ।

१७ औं संस्करणको म्याराथन आगामी फागुन ६ गते हुँदै छ । केही समयअघि पोखरा म्याराथनको दौड रुटले पनि अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । सदस्यता प्राप्त गरेसँगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिएका छन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एम्सको सदस्य बन्न पाउँदा खुशी लागेको बताए । ‘हामी सबैका लागि यो खुशीको खबर हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीका लागि गौरवको विषय हो,’ उनले भने । उक्त म्याराथनले पोखराका १७ वटा वडालाई छोएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : १७ बजे

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च