१४ बैशाख २०८३, सोमबार | April 27, 2026

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई



पोखरा । सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन् । पोखरामा आज सम्पन्न म्याराथन ९४२।१९५० किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् । उनी १६औँ संस्करणको समेत विजेता हुन् ।

अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए । उपाधिसँगै उनले रू पाँच लाख पुरस्कार पाए । उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै गत वर्षको तुलनामा पुरस्कार राशिसमेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिए ।

यसैगरी केन्याकै धावक जुलियस मोरियकी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भए । उनले रू तीन लाख पुरस्कार प्राप्त गरे । यस्तै नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय भए । उनले रू दुई लाख पुरस्कार पाए। श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पार गरेका थिए । केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै रू ३० हजार पुरस्कार पाए । उक्त म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए ।

हाफ म्याराथनमा पुलिसका राजपुराको ह्याट्रिक

यसैगरी पोखरा म्याराथनअन्तर्गतको महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाईले जितेका छन्। योसँगै उनले पोखरा हाफ म्याराथन उपाधिमा ह्याट्रिक गरेका छन् ।

राजपुराले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गर्दैै च्याम्पियन बनेर रू एक लाख ५० हजार पुरस्कार पाए । उनले यसअघि २०७७ र २०७८ सालमा समेत उपाधि आफ्नो पोल्टामा पारेका थिए ।

यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लबकी वृन्दा श्रेष्ठले द्वितीय हुँदै रू एक लाख पुरस्कार पाए । उनले निर्धारित दौड एक घण्टा २६ मिनेट २८ सेकेन्डमा पूरा गरे । सेनाकी पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २६ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरी तृतीय बन्दै रू ७५ हजार पुरस्कार प्राप्त गरे । नेपाल पुलिसका रेखा विष्टले एक घण्टा ३२ मिनेट चार सेकेन्डमा हाफ म्याराथन सम्पन्न गरी चौथो बने । उनले रू १५ हजार पुरस्कार पाए ।

यसैगरी, १० किमी महिला दौडमा सशस्त्र प्रहरीकी आशा राउतले उपाधि जितिन् । उनले निर्धारित दूरी ५० मिनेट १२ सेकेन्डमा पूरा गरे । नेपाल प्रहरीकी वृष्मा कुमाल द्वितीय र नेपाली सेनाकी कल्पना खड्का तृतीय भइन ।

पुरुष १० किमी दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम, सेनाकै सुवास कार्की द्वितीय र पाँचथरका दीपक सुहाङ तृतीय भए । महिला तथा पुरुष १० किमीको दौडका प्रथम, द्वितीय र तृतीयले समान क्रमश रू ३० हजार, रू २० हजार र रू १५ हजार पुरस्कार पाएका छन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । मुख्यमन्त्री अधिकारीले समेत पाँच किमी दौड पूरा गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ५ : ०३ बजे

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले